आमनिर्वाचन-२०७९ : यी हुन् एकीकृत समाजवादीका उम्मेदवार (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २२ आश्विन

काठमाडौं, २३ असोज । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ ।

निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेर एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको हो । पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार टुंगो लागेको बताए । उनले भने, ‘अहिले जसले टिकट पाउनेगरी सिट संख्या बाँडिएको छ, त्यो अब चलाइँदैन ।’

एकीकृत समाजवादीले पाएको सिट भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ खतिवडा उदयपुर–२, कृष्ण कुमार श्रेष्ठ (किसान) बारा–४, जीवनराम श्रेष्ठ काठमाडौं–८ का उम्मेदवार हुनेछन् ।

यस्तै, कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, विरोध खतिवडा मकवानपुर–२, श्रीनाथ बराल कास्की–२, रामकुमारी झाँक्री गुल्मी–२, सोमप्रसाद पाण्डे पाल्पा–२, राजु गुरुङ रुपन्देही–२ र मेटमणी चौधरी दाङ–१बाट उम्मेदवार बन्ने भएका छन् ।

यसैगरी, प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख–१, शेरबहादुर कुँवर अछाम–१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने एकीकृत समाजवादीले जनाएको छ । उम्मेदवारी टुंगो लगाएसँगै अब एकीकृत समाजवादीले चुनावी प्रचार सुरु गरेको छ ।

प्रतिक्रिया