प्रचण्ड बाबुरामको क्षेत्रबाट चुनाव लड्ने भएपछि…
अखबार टुडे
प्रकाशित:
२०७९, २२ आश्विन

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट निर्वाचन लड्ने भएका छन् । यो डा बाबुराम भट्टरँर्यको क्षेत्र हो । यसअघि डा. भट्टराईले यो क्षेत्रमा चुनाव जित्दै आएका थिए ।

तर, यसपटक गत निर्वाचनमा चितवन ३ बाट विजयी भएका प्रचण्ड गोर्खा–२ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।
माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बताएलगत्तै भट्टराईले प्रचण्डलाई शुभकामना दिएका छन् । भट्टराईले यसअघि नै प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गम थलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना !’

प्रचण्डले आफ्नो क्षेत्र छाडेर गोर्खाबाट चुनाव लड्ने भएपछि माओवादीमा एकथरी बनेका छन् । उनीहरु अध्यक्षले चितवन–३ बाटै चुनाव लडेको हेर्न चाहन्छन् । तर, कतिपयले प्रचण्ड जहाँबाट चुनाव लडेपनि जित्ने अपेक्षासहित शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया