क्रिकेटर सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २० आश्विन

काठमाडौं, २० असोज । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित ​पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए ।

नेपाली क्रिकेटका पूर्व कप्तान रहेका सन्दीपले नै आज बिहान १० बजे नेपाल आइपुग्ने बताएपछि उनलाई पक्राउ गर्न विमानस्थलमा प्रहरी तैनाथ भएका थिए । सेतो ड्रेसमा मुखमा माक्स लगाएर कतार एयरवेजबाट विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले हतकडी लगाएर गौसला प्रहरीमा लगेको छ ।

प्रहरीले पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यवसायिक क्रिकेट खेलका लागि वेष्ट इण्डिजतर्फ लागेका थिए । लामिछाने आज बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन् ।

युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ । तर, सन्दीपले आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्ने बताएका छन् ।

प्रतिक्रिया