कांग्रेसले समानुपातिक सूचीमा नराखेको भन्दै गुप्ताले दिए राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, १६ आश्विन

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसले आफुलाई समानुपातिक सूचीमा नराखेको भन्दै मधेश प्रदेशका सूचना संचार तथा प्रचारप्रसार विभागका प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन् ।

उनले शनिबार एक विज्ञप्ति जारी गर्दै राजिनामा दिएका हुन् । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उनले गुनासो गरेका छन् ।

उनले भनेका छन्, ‘म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो । कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत वेवास्था ग¥यो ।’

उनले राजनीति रुपमा बेइमानी गरिएकाले प्रमुख पद राजीनामा दिएको बताएका छन् । संविधानले दिएको अधिकारलाई पार्टीले हनन् गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया