विवेकशील साझाका ३५ सदस्यले दिए सामूहिक राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, १६ आश्विन

काठमाडौं, असोज १६ । विवेकशील साझा पार्टीका ३५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

शनिबार दुई वटा विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशका प्रदेश संयोजकसहित ३१ सदस्य र गण्डकी प्रदेशका प्रदेश संयोजकसहित ४ सदस्यले राजीनामा दिएका हुन् ।

‘पार्टीका सार्वभौम सदस्यहरूसँग सहकार्य नै नगरी काठमाडौंमा रहेका सिमित व्यक्तिहरूले एकलौटी रूपमा खारेज गरेको तथा रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिंगो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर छ,’ ३१ सदस्यले बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

पार्टीका पूर्व अध्यक्ष समेत रहेका रवीन्द्र मिश्रले राजीनामा दिएपछि र केन्द्रीय समितिको दुई तिहाइले पारित गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गरेकोमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

प्रतिक्रिया