पानी खान गएका २७ बाँदर पोखरीमा डुबेर मरे
प्रकाशित:
२०७९, १६ आश्विन

अघौखाँची, १६ असोज । अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् ।
सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताए । पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशंका छ ।
पोखरी जङ्गलको बीचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको जनाइएको छ । जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीका रोहवरमा व्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने