सल्यानमा जीप दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, १५ आश्विन

सल्यान, १५ असोज । सल्यानमा जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

शनिबार बिहान भएको दुर्घटनामा जिल्लाको कुमाख गाउँपालिका वडा नं. ७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोस खनालले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई उद्धार गरि जिल्ला अस्पताल खलंगातर्फ पठाइएको छ । घाइते कसैको पनि परिचय खुलिनसकेको प्रहरीले बताएको छ ।

बिहान ६ः४० बजेतिर जिल्लाको कुमाख गाउँपालिका वडा नं. ७ जिमालीस्थित भित्री सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका वडा नं. ११ स्थित खैराबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट झन्डै एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया