मन्दिरभित्र पसेको भन्दै दलितमाथि कुटपिट, वडा अध्यक्ष पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १३ आश्विन

धनगढी, १३ असोज । बाजुरामा मन्दिरभित्र पसेको भन्दै दलित समुदायका व्यक्तिमाथि कुटपिट गर्ने एक जना वडा अध्यक्ष पक्राउ परेका छन् ।

मन्दिरमा नवरात्रीको पूजा गर्न प्रवेश गरेको भन्दै टीकाराम सुनारमाथि कुटपटि गर्ने त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनीमाथि कुटपिट गरेको र गर्न लगाएको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया