रवीन्द्र मिश्र बने वरिष्ठ उपाध्यक्ष, को-को गए राप्रपामा ?
अखबार टुडे
प्रकाशित:
२०७९, १२ आश्विन

काठमाडौं, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ ।

बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनपछि वरीयतामा रहनेगरी बरिष्ठ उपाध्यक्षसहित मिश्र राप्रपामा प्रवेश गरेका छन् । यसअघि मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा छन् ।

राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि उनले बहस चलाउँदै आएका थिए । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ ।

मिश्रसँगै १ दर्जन नेता राप्रपा गएको बताइएको छ । विवेकशील साझाका प्रवक्ता प्रकाशचन्द्र परियारका अनुसार उनीहरुले पार्टी कार्यालयमा राजीनामा पत्र बुझाएका छन् । जसमा केन्द्रीय सदस्य नारायण कोइराला, कर्णबहादुर शाही, हरि गौतम, पूर्ण शाही, धर्म शाक्य, मुरली मिश्र माधव भण्डारी, शान्ता गिरी, सुरेन्द्र शाह, डम्बर खत्री लगायत छन् । विवेकशील साझाको चर्चित अनुहार एक जना पनि मिश्रसँग नभएको उनको भनाइ छ ।

प्रतिक्रिया