कमेडियन हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा चुनाव लड्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १२ आश्विन

काठमाडौं, असोज १२ । कमेडी च्याम्पियन हिमेश पन्त धादिङबाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् ।

उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको हो ।

रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त सोही क्षेत्रका स्थानीय हुन् । कमेडी च्याम्पियनका विजेता समेत रहेका पन्त अभिनित फिल्म वर एण्ड वधु प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया