समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालयमा शेखर समूहको धर्ना
अखबार टुडे
प्रकाशित:
२०७९, १२ आश्विन

काठमाडौं, १२ असोज । समान अवसर र न्यायको माग गर्दै नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ ।

समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै बुधबार १२ बजेदेखि १ बजेसम्म कोइराला पक्षले धर्ना दिएको हो ।

पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरु धर्ना कार्यक्रममा सहभागी थिए । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ ।

समानुपातिक बन्दसूची नसच्चिए निर्वाचन बहिस्कारसम्म जाने कोइराला पक्षको चेतावनी छ । कोइराला पक्षको विरोधपछि समानुपातिक बन्दसूची सच्याउने सभापति शेरबहादुर देउवाले आश्वासन दिएका छन् ।

प्रतिक्रिया