अमेरिकाका गोप्य दस्तावेज लिक गरेका एडवर्ड स्नोडेनलाई रूसी नागरिकता
अखबार टुडे
प्रकाशित:
२०७९, ११ आश्विन

काठमाडौं, असोज ११ । अमेरिकाका कैयौं गोप्य दस्तावेज चुहाएको आरोप लागेका एडवर्ड स्नोडेनलाई रुसले नागरिकता दिएको छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि पूर्व अमेरिकी गुप्तचर एजेन्ट एडवर्ड स्नोडेनलाई रूसी नागरिकता दिइएको हो ।

३९ वर्षीय स्नोडेनले गोप्य फाइल लिक गरेको आरोपमा अमेरिकाबाट भागेर रूसमा शरण लिएका थिए । सन् २०२० मा स्नोडेनले रूसमा स्थायी बसोबासको अधिकार पाएका थिए ।

त्यसपछि उनलाई रुसी नागरिकता प्राप्त गर्ने औपचारिक बाटो खुलेको रोयटर्सले जनाएको छ । योसँगै स्नोडेनकी श्रीमती लिन्डसे मिल्सले पनि नागरिकताका लागि आवेदन दिनेछिन् ।

राष्ट्रिय सुरक्षा एजेन्सीमा कार्यरत स्नोडेनले सन् २०१३ मा अमेरिकाका गोप्य भनिएका फाइल सार्वजनिक गरेका थिए । यी फाइलमा अमेरिकी गुप्तचर निकायले कसरी घरेलु र अन्तर्राष्ट्रिय स्तरमा निगरानी गर्छन् भन्ने कुरा खुलाइएको थियो ।

जासुसीको आरोपमा आपराधिक क्रियाकलाप गरेको भन्दै अमेरिकी सरकारले उनको राहदानी र नागरिकता खारेज गरेको थियो ।

प्रतिक्रिया