घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित:
२०७९, ११ आश्विन

काठमाडौं, ११ असोज । साताको तेस्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४ सय रुपैयाँले घटेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन प्रतितोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य मंगलबार १० रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार