एनसिसी र कुमारी बैंकले गरे मर्जर सम्झौता
प्रकाशित:
२०७९, १० आश्विन

काठमाडौं, असोज १० । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक र कुमारी बैंक दुवैले सोमबार एक आपसमा गाभिने (मर्जर) सम्झौता गरेका छन् ।
सम्झौतामा एनसिसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्ण प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।
दुवै बैंकको सेयर स्वाप रेसियो १ः१ हुने गरी मर्जर सझौता गरेका छन् । तर एनसिसी बैंकको एक कित्ता सेयर हुनेको मर्जरपछि कुमारी बैंकको एक कित्ता नै सेयर हुनेछ ।
मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । हाल एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारी बैंकको १४ अर्ब ७१ करोड रुपैयाँ छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
