एनसिसी र कुमारी बैंकले गरे मर्जर सम्झौता
अखबार टुडे
प्रकाशित:
२०७९, १० आश्विन

काठमाडौं, असोज १० । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक र कुमारी बैंक दुवैले सोमबार एक आपसमा गाभिने (मर्जर) सम्झौता गरेका छन् ।

सम्झौतामा एनसिसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्ण प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

दुवै बैंकको सेयर स्वाप रेसियो १ः१ हुने गरी मर्जर सझौता गरेका छन् । तर एनसिसी बैंकको एक कित्ता सेयर हुनेको मर्जरपछि कुमारी बैंकको एक कित्ता नै सेयर हुनेछ ।

मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । हाल एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारी बैंकको १४ अर्ब ७१ करोड रुपैयाँ छ ।

प्रतिक्रिया