मनास्लु हिमालको आधारशिविर क्षेत्रमा भीषण हिमपहिरो
प्रकाशित:
२०७९, १० आश्विन
काठमाडौं, १० असोज । मनास्लु हिमालको आधारशिविर क्षेत्रमा भीषण हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमालको क्याम्प ३ र क्याम्प ४ को बीचमा हिमपहिरो गएको हो ।
हिमालमा हिमपहिरो जाँदा कम्तिमा १५ जना घाइते भएका छन् । घाइते हुनेमा अधिकांश सहयोगी शेर्पाहरु रहेको जनाइएको छ । यस्तै दुई जना गम्भीर घाइते छन् ।
मपर्यटन व्यवसायीका अनुसार हिमपहिरो जाँदा समयमा मनास्लु हिमाल आरोहणका लागि विदेशी पर्यटक पुगेका थिए । उनीहरुका नेपाली सहयोगीह थिए ।
पर्यटकको उद्धारका लागि सिम्रिक एयरको ९ एनटी एजेजेड कल साइनको हेलिकप्टर आधार शिविरमा अवतरण भइसकेको र अर्को हेलिकप्टर तयारी अवस्थामा रहेको सिम्रिक एयरले जानकारी दिएको छ ।
मौसम प्रतिकूलताका कारण घटनास्थलमा हेलिकोप्टर जान नसकेको भनाइ छ ।
प्रतिक्रिया