यी हुन् बच्चाका लागि क्याल्सियमयुक्त खाद्यपदार्थ
अखबार टुडे
प्रकाशित:
२०७९, १० आश्विन

काठमाडौं, १० असोज । बालबालिकाको विकाससँगै उनीहरुको शरीरको आवश्यकता पनि बढ्दै जान्छ । उनीहरुले बढी पोषक तत्व सेवन गर्नु आवश्यक हुन्छ ।

उचाई, तौल र उमेरको हिसाबले सन्तुलित आहारा सेवन गर्नुपर्छ। यस्तोमा बच्चाको विकासका लागि क्याल्सियमको सेवन निकै आवश्यक हुन्छ । क्याल्सियमले बच्चाको हड्डीलाई स्वस्थ र मजबूत राख्नुका साथै दाँतको मजबुतीमा पनि ठूलो भूमिका निर्वाह गर्छ ।

बच्चाका लागि आवश्यक क्याल्सियमयुक्त खाद्यपदार्थ
१. दुग्धजन्य पदार्थ
दुग्धजन्य पदार्थ क्याल्सियमले भरपुर हुन्छ र बच्चाको हड्डीको विकासलाई बढावा दिन्छ। यसका दुई या तीन पदार्थको उपभोगले सजिलै उनीहरुका लागि क्याल्सियमको आवश्यकता परिपूर्ति गर्छ । जस्तो एक कप दुध, दिनमा एक पटक पनीर र एक कप दही ।

२. सुन्तलाको जुस
सुन्तलाको रस क्याल्सियमबाट भरपुर हुन्छ । उमेरको आधारमा बच्चा र किशोरलाई प्रतिदिन ५ सय देखि १३ सय मिलिग्राम क्याल्सियम आवश्यक हुन्छ । यस्तोमा उनीहरुलाई ब्रेकफास्ट या साँझको खानाका क्रममा सुन्तलाको रस दिन सकिन्छ । यो भिटामिन सीले भरपुर हुन्छ, जसले क्याल्सियमको अवशोषणमा मद्धत गर्छ र हड्डी र दाँत मजबूत बनाउँछ ।

३. तोफू
तोफूमा क्याल्सियम र म्याग्नेसियमको मात्रा राम्रो हुन्छ । बच्चाले यसलाई विभिन्न प्रकारले खान सक्छन् । सलाद या स्याण्डविचमा राखेर खुवाउन सकिन्छ । यसका अलावा तोफूलाई हल्का उमालेर त्यसमा मसाला छर्केर पनि खुवाउन सकिन्छ । यसमा प्रोटिनको मात्रा पनि राम्रो हुन्छ, जसले बच्चाको उचाई बढाउन मद्धत गर्छ ।

४. माछा
माछामा पनि क्याल्सियम हुन्छ। यद्यपि कुन प्रकारको माछा खुवाइएको छ भन्ने कुरामा भरपर्छ । साथै माछामा ओमेगा ३ फ्याटी एसिड पनि पाइन्छ, जसले बच्चाको दिमागलाई तेज बनाउँछ ।

५. सखरखण्ड
एउटा सखरखण्डमा ५५ मिलिग्राम क्याल्सियम हुन्छ । यसका साथै यो अन्य पोषकतत्वले भरपुर हुन्छ । यसमा भएको फाइबरले बच्चाको पेटलाई स्वस्थ राख्छ र मेटाबोलिजम बढाउन पनि सहयोग गर्छ ।

यसका अलावा बच्चालाई क्याल्सियमयुक्त खाद्यपदार्थहरु बदाम, ओखर, दाल पनि खुवाउन सकिन्छ, जो इनर्जी तथा इम्युनिटी बुस्टर पनि हुन् ।

प्रतिक्रिया