पूर्वविश्व सुन्दरी मानषी काठमाडौंको र्‍याम्पमा यस्तो शोमा देखिइन्
अखबार टुडे
प्रकाशित:
२०७९, १० आश्विन

काठमाडौं, १० असोज । पूर्वविश्व सुन्दरी तथा बलिउड अभिनेत्री मानुषी चिल्लर आइतबार साँझ काठमाडौंको बौद्धस्थित होटल हायात होटलमा देखिइन् । टीजीआइएफ फेसन सप्ताहमा भाग लिन काठमाडौं आएकी चिल्लर शोज स्टपरको रुपमा प्रस्तुत भएकी थिइन् ।

फेसन डिजाइनर शिवांगी प्रधानको पहिरनमा रनवेमा देखापरेकी उनी निकै खुलेकी थिइन् । न्यूड लेबलले प्रस्तुत गरेको फल–विन्टर पहिरनमा ¥याम्पमा प्रस्तुत हुँदा चिल्लर आकर्षक देखिएकी थिइन् ।

न्यूडले प्रस्तुत गरेको पहिरनमा नेपाली अभिनेत्रीहरु करिश्मा मानन्धर र सुष्मा कार्कीले रनवे नापेका थिए । टीजीआइएफको सन् २०२२ को संस्करणमा नेपाली सेलिव्रिटीले पनि रनवेमा भाग लिइरहेका छन् ।

प्रतिक्रिया