चुनौती बन्दै डेंगु नियन्त्रण : एकैदिन १५ सय बढी संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७९, ९ आश्विन

काठमाडौं । कोरोना महामारीबाट थलिएको नेपालमा अहिले डेंगुले सताइरहेको छ । दिनदिनै डेंगु चुनौती बन्दै गएको छ । सरकारले डेंगु नियन्त्रणमा सोेचेजस्तो चासो र ध्यान दिएको छैन । यो जनचासोको विषय हो । तर, सरकारले डेंगु नियन्त्रणलाई खाशै चासो दिएको पाइँदैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा एकैदिनमा १ हजार ५०० भन्दा बढी डेंगु संक्रमित थपिएका छन् । आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो चुनौतीको विषय हो किनकि दिनदिनै संक्रमित बढिरहेको यही तथ्यांकले देखाउँछ ।

मन्त्रालयका अनुसार अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार, लुम्बिनी प्रदेशमा २ हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया