ओस्कार अवार्डका लागि सिफारिस फिल्म ‘छेलो शो’ विवादमा
अखबार टुडे
प्रकाशित:
२०७९, ९ आश्विन

मुम्बई, ९ असोज (एजेन्सी) । भारतबाट ओस्कार अवार्डका लागि सिफारिस गरिएको फिल्म ‘छेलो शो’ विवादमा तानिएको छ ।

पैन नलिनको निर्देशकीय गुजराती फिल्मलाई फेडरेसन अफ वेस्टर्न इण्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले यो फिल्मलाई यो फिल्म एकमात्र नभई धेरै विदेशी फिल्मको नक्कल भएको आरोप लगाएको छ ।

तर ओस्कारका लागि सिफारिस गर्ने फिल्म फेडरेशन अफ इण्डिया (एफएफआई)ले भने छनोट प्रक्रियामा विवाद नरहेको दाबी गरेको छ ।

ओस्कारमा सिफारिस गरिएका फिल्महरु कुनै पनि फिल्मबाट प्रभावित नभएको हुनुपर्नेछ । यहीकारण यसअघि फिल्म ‘गली ब्वाइ’ पनि अन्य फिल्मबाट प्रभावित भएको भन्दै ओस्कारमा नपठाउने निर्णय भएका थियो ।

एफडब्लूआईसीईले यो बारेमा सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेर फिल्मको चयन प्रक्रियामा भएको अनियमितताविरुद्ध ध्यानाकर्षण गराएको छ ।

उनीहरुले पत्रमा ‘छेलो शो’ विदेशी कम्पनीले बनाएको मात्र नभई यो फिल्मको प्रदर्शन गत वर्ष नै भइसकेको दाबी गरेका छन् । विकिपिडियामा पनि फिल्म ट्रिबेका फिल्म फेस्टिभलमा सन् २०२१ जुन २० मा प्रदर्शन भइसकेको जानकारी दिइएको छ । ‘छेलो शो’ को कथा एक युवकको सिल्भर स्क्रिनको सपनामा आधारित छ ।

प्रतिक्रिया