डलरको भाउ हालसम्मकै उच्च, आज कतिमा हुँदैछ किनबेच ?
अखबार टुडे
प्रकाशित:
२०७९, ९ आश्विन

काठमाडौं, असोज ९ । अमेरिकी डलरको भाउ हालसम्मकै महँगो भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने हुन्छ ।

यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम भएको छ । गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो ।

शुक्रबार डलरको मूल्य २ महिना अगाडिको रेकर्ड तोड्दै माथि लागेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो ।

१८ साउनमा १ अमेरिकी डलरको बिक्री मूल्य १२६ रुपैयाँ २५ पैसा र खरिद मूल्य १२५ रुपैयाँ ६५ पैसासम्म झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले शुक्रबार नयाँ उचाई कायम गरेको हो ।

२०१७ यता लगातार डलर भन्दा बलियो रहेको युरो भने पछिल्लो १÷२ महिना यता भने कमजोर बनेको छ । युरोपियन युरो एकको खरिदमा भने १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२७ रुपैयाँ ७९ पैसा पाइन्छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

त्यसैगरी, कुवेती दिनार एकको खरिदमा ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमा ४१९ रुपैयाँ १२ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४४ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

प्रतिक्रिया