सुन-चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, ७ आश्विन

काठमाण्डौं, ७ असोज । नेपाली बजारमा आज सुन-चाँदीको भाउ बढेको छ ।
आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएका छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया