सशस्त्र प्रहरीले माग्यो ७१ इन्सपेक्टर र ८३ असई
अखबार टुडे
प्रकाशित:
२०७९, ७ आश्विन

काठमाडौं, ७ असोज । सशस्त्र प्रहरीले इन्सपेक्टर र सहायक निरीक्षकमा भर्ना खुलाएको छ ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको हो ।

७९ निरीक्षक मध्ये ७१ जना साधारण उपसमूह र ८ जना कानुन उपसमूहका लागि भर्ना खुला गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । इच्छुक व्यक्तिले कात्तिक ६ गतेसम्म आवदेन दिनसक्नेछन् ।

निरीक्षकमा फाराम भरेकाहरुले मंसिर १५ गते प्रधान कार्यालय हलचोक र सहायक निरीक्षकमा फाराम भरेकाहरुले पनि सोही दिन फाराम भरेकै ठाउँमा सम्पर्क गर्नु पर्नेछ ।

प्रतिक्रिया