बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु, गजुरी तनावग्रस्त
अखबार टुडे
प्रकाशित:
२०७९, ६ आश्विन

काठमाडौं, ६ असोज । धादिङको गजुरीमा बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थी विजय परियारलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएको हो ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले जेब्राक्रसमै बसले विद्यार्थीलाई ठक्कर दिएको बताएका छन् । अहिले स्थानीय र विद्यार्थीले पृथ्वी राजमार्ग अवरूद्ध गरेका छन् । साथै उनीहरूले विद्यार्थीलाई ठक्कर दिने बसमाथि आगजनीसमेत गरेका छन् ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले आज बिहान विद्यार्थीलाई ठक्कर दिएको थियो । घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया