पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश
अखबार टुडे
प्रकाशित:
२०७९, ६ आश्विन

काठमाडौं, ६ असोज । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।

बिहीबार पार्टी कार्याल च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई एमाले प्रवेश गराएका हुन् ।

यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए ।

ओली प्रधानमन्त्री हुँदा आइजीपी बनेका खनाललाई बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट उम्मेदवार बनाउनसमेत तयार भएको बताइएको छ ।

खनालसँगै काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् ।मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।

३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका हुन् । युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा लागेका उनी केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया