बरिष्ठ फोटोपत्रकार हरि गोपाल प्रधान ‘सुप्रबल जनसेवाश्री’ पदकद्वारा सम्मानीत हुँदै
अखबार टुडे
प्रकाशित:
२०७९, ४ आश्विन

काठमाडौं, ४ असोज । बरिष्ठ फोटोपत्रकार एवं गीतकार हरि गोपाल प्रधान ‘सुप्रबल जनपथश्री’ पदकद्वारा सम्म्मानीत हुने भएका छन् ।

संविधान दिवशको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भणडारीले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभिन्न पुरस्कार र सम्मान घोषणा गरेकी छन् ।

सो क्रममा समाजसेवा तथा फोटो पत्रकारिता क्षेत्रमा रहेर देशप्रति पुर्याएको योगदानको कदर गर्दै बरिष्ठ फोटोपत्रकार प्रधानलाई ‘सुप्रबल जनसेवाश्री’ पदक प्रदान गरिने घोषणा गरिएको हो । यस पटक फोटो पत्रकारितामार्फत यो सम्मान पाउने हरि गोपाल प्रधान एक्लो व्यक्ति हुन् ।

झण्डै तीन दशकदेखि फोटो पत्रकारितामा सक्रिय प्रधानले गीतिकारितामार्फत वल्ड बुक रेकर्डसमेत राखिसकेका छन् । संविधान दिवशका दिन घोषणा गरिएको उक्त पुरस्कार एवं सम्मान आगामी नयाँ वर्षको अवसरमा विशेष समारोहबीच राष्ट्रपति भण्डारीले प्रदान गर्नेछिन् ।

आफू राष्ट्रपतिको बाहुलीबाट ‘सुप्रबल जनसेवाश्री’ पदकद्वारा सम्मानीत हुने भएपछि हरि गोपाल प्रधानले भने, ‘मेरो लागि यो खुशीको कुरा हो, उक्त सम्मानले मेरो तीन दशक लामो फोटो पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर भएको महशुस गरेको छु ।’

प्रतिक्रिया