सकियो समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम, कति दलले बुझाए ?
प्रकाशित:
२०७९, ४ आश्विन

काठमाडौं, ४ असोज । मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम आज बिहान सकिएको छ ।
निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिन समय दिएको थियो ।
समानुपातिक निर्वाचन प्रणालीका लागि ६८ दलले निवेदन दिएकोमा ४८ राजनीतिक दलले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ ।
यस्तै, आयोगका अनुसार प्रदेश सभातर्फ समानुपातिकमा प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार