महिला साफ च्याम्पियन : बंगलादेशलाई उपाधि, नेपाल उपविजेतामै सिमित
अखबार टुडे
प्रकाशित:
२०७९, ३ आश्विन

काठमाडौं, ३ असोज । महिला साफ च्याम्पियनसिपमा नेपालले फेरि उपविजेतामै चित्त बुझाउनु परेको छ । सोमबार घरेलु मैदान दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशसँग नेपाल ३–१ ले पराजित भएको छ । यससँगै नेपाल उपविजेतामा चित्त बुझाउनु परेको हो ।

साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौपटक हो । बंगलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ ।

फाईनलमा १५ हजार बढी घरेलु दर्शकअघि नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो ।

प्रतिक्रिया