अब कपाल र दाह्री काटेको शुल्क २००
अखबार टुडे
प्रकाशित:
२०७९, ३ आश्विन

काठमाडौं, ३ असोज । नेपाल नाई संघल काठमाडौं उपत्यका समितिले सैलुनको शुल्कमा वृद्धि गरेको छ ।

संघको उपत्यका समितिले एक सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट सार्वजनिक गरेको हो ।

जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क १५० रुपैयाँ थियो ।

तेस्तै दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ । कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँसम्म बढेको संघले जनाएको छ ।

नेपाल नाई संघले काठमाडौंका अनुसार सबै कुरामा महंगी बढेका हुनाले सैलुन सेवामा पनि मुल्य वृद्धि गरिएको हो ।

प्रतिक्रिया