अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०७९, ३ आश्विन

काठमाडौं, ३ असोज (एजेन्सी) । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ ।

तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् ।

सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ ।

तालिबान सरकारले टिकटक र पब्जीसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको बताएका छन् ।

तालिवान सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेभसाइट बन्द गरिदिएको थियो ।

प्रतिक्रिया