टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्बिरहरू)
अखबार टुडे
प्रकाशित:
२०७९, ३ आश्विन

काठमाडौं, असोज ३ । आज विभिन्न कार्यक्रम गरी टुँडिखेलमा संविधान दिवस मनाइएको छ ।

२०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ ।

त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि छ । टुँडिखेलमा आज बिहान संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत उक्त कार्यक्रममा सहभागी थिए ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया