किर्गीस्तान र ताजिकिस्तानका नागरिकबीच झडप हुँदा ९४ को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, ३ आश्विन

काठमाडौं, असोज ३ । किर्गीस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप हुँदा ९४ जनाको मृत्यु भएको छ । सीमा विवादलाई लिएर दुई मुलुकका नागरिकबीच झडप भएको हो ।

ताजिकिस्तानले आफ्ना ३५ नागरिकको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएको बीबीसीले जनाएको छ ।

दुई मुलुकबीचको तनाव साम्य पार्ने सहमति हुनुअघि झडप भएको थियो । शुक्रबार दुवै पक्षले युद्धविराममा हस्ताक्षर गरेका छन् । दुबै पक्षबाट केही गोलाबारीको दावीको बाबजुद यो ठूलो मात्रामा समर्थन गरिएको छ ।

हिंसा भड्किएकोमा दुवै पक्षले एकअर्कालाई दोषारोपण गरिरहेका छन् । किर्गिस्तानले भिडन्तमा मारिएकाहरुको सम्झनामा सोमबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

पूर्व सोभियतकालीन राज्यका नागरिकबीच सीमा विवादका कारण बारम्बार झडप हुँदै आएको छ। सन् २०२१ मा भएको झडपमा ५० जनाले ज्यान गुमाएका थिए ।

किर्गीस्तान र ताजिकस्तानबीच १ हजार किलोमिटर क्षेत्रफलको सीमालाई लिएर ३१ वर्षदेखि विवाद छ । दुबै राष्ट्रले झडपको दोषारोपण एक–अर्कामाथि लगाउँदै आएका छन् ।

प्रतिक्रिया