टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश
अखबार टुडे
प्रकाशित:
२०७९, २ आश्विन

काठमाडौं, असोज २ । उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घर नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले शुक्रबार रिट दिएका थिए ।

आइतबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको घर तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपु¥याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू–नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ ।

अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो । यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । महानगरले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो ।

प्रतिक्रिया