बेपत्ता शिक्षकको २२ घण्टापछि सकुशल उद्धार
प्रकाशित:
२०७९, २ आश्विन

काठमाडौं, २ असोज । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको सकुशल उद्धार गरिएको छ ।
दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई २२ घण्टापछि सकुशल उद्धार गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
उनलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो । शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेका थिए । सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए । उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
