सरकारले निवासमै रोकिदियो : जबरा
अखबार टुडे
प्रकाशित:
२०७९, २ आश्विन

काठमाडौं, २ असोज २ । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू निवासमै रोकिनुपरेको बताएका छन् ।

आइतबार सर्वोच्च अदालत जान खोज्दा सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन् ।

जबराले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ । तर, सरकारले निवासमै रोकिदियो । निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ ।’

प्रतिनिधिसभाको हिजो रातिबाट कार्यकाल सकिएको र आफूविरुद्धको महाभियोग टुंगोमा नपुगेपछि चोलेन्द्रले आफू सर्वोच्च फर्कने भन्दै तयारी अघि बढाउन सर्वोच्चका रजिष्ट्रारलाई शनिबारै भनेका थिए । सोही अनुसार आज आइतबार राणा सर्वोच्च जाने तयारी गरेका थिए तर असफल भए ।

राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महिनौंसम्म बेवास्तामा परेको सो प्रस्ताव प्रतिनिधि सभाको कार्यकाल सकिँदै गर्दा अघि बढेको थियो ।

प्रतिक्रिया