सर्वोच्चमा सुरक्षा तैनाथी बढाइयो, जबरालाई प्रवेश गर्न नदिने बारको तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, २ आश्विन

काठमाडौं, २ असोज। सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा महाभियोग पुष्टि नभएको भन्दै सर्वोच्च अदालत हाजिर हुन आउने खवर प्रवाह भएसँगै अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको हो ।

प्रतिनिधिसभाको हिजो रातिबाट कार्यकाल सकिएको र आफूविरुद्धको महाभियोग टुंगोमा नपुगेपछि चोलेन्द्रले आफू सर्वोच्च फर्कने भन्दै तयारी अघि बढाउन सर्वोच्चका रजिष्ट्रारलाई शनिबारै भनेका थिए । सोही अनुसार आज आइतबार राणा सर्वोच्च जाने तयारीमा रहेका छन् ।

जबराको यो तयारीको सर्वोच्च बार र नेपाल बार एसोसियसनले भने विरोध गरेको छ । निलम्बित प्रधानन्यायाधीशको आगमनलाई रोक लगाउने बारको तयारी छ ।

नेपाल बारले आज आकस्मिक बैठक डाकेको थियो । आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमै शान्तिपूर्ण प्रदर्शन गर्ने र उनलाई भित्र छिर्न नदिने घोषणा गरेको हो ।

प्रतिक्रिया