तिमीलाई चिनिसकेँ…
प्रकाशित:
२०७९, १ आश्विन

- गोबिन्द राज ओझा (राजन)
पछाडिबाट आएर आँखा छोप्ने तिमीलाई चिनिसके
मुटुभरी माया रैछ मैले चिनिसके
विदेशको यात्रा कहाँ पुगिन्छ केही थाहा छैन
कस्तो हुन्छ जागिरे जीवन केही थाहा छैन
तिम्रो घरमा आउँछु भनि बाचा गर्नुप¥या छ
यो मेरो मन दुखाएर विदेश जानुप¥या छ
लाग्छ मलाई जहाँ गएपनि आफ्नै देशको माया
हरपल सताउँछ मलाई आएर तिम्रो सम्झना
आफ्नो गाउँ, बस्ती छोडि जानुपरेको छ
यो मेरो मन दुखाएर विदेश जानुप¥या छ
तिमीसँग केही भन्नुथियो बिदाईको समयमा बोल्न सकिन
यि मेरा आँखाबाट आशु झरिरह्यो रोक्न मैले सकिन
ठेगाना : दिपायल सिलगढी न.पा. २ दिपायल डोटी, नेपाल
प्रतिक्रिया
सम्बन्धित समाचार
