साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइलनमा प्रवेश
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ भाद्र

काठमाडौं, ३१ भदौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित हासिल गरेको छ । यससँगै नेपालले उपाधिका लागि बंगलादेशसँग भिड्नेछ ।

पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हरायो भने दोश्रो खेलमा नेपालले भारतलाई १-० ले पराजित गरेर फाइलनमा प्रवेश गरेको हो ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि प्रिति राईको पासमा रश्मीकुमारी घिसिङले गोल निर्णायक गरेकी थिइन् । उक्त गोल नै नेपाललाई फाइनलमा प्रवेश गराएको हो ।

प्रतिक्रिया