चिनियाँ प्रतिनिधिमण्डललाई महारानी एलिजाबेथको शयनकक्षमा उपस्थित हुन प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ भाद्र

काठमाडौं, ३१ भदौ । बेलायका महारानी एलिजावेथ द्वितीयको पार्थिव शरीर रहेको वेस्टमिनस्टर हलमा चिनियाँ प्रतिनिधिमण्डललाई प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।

उइगुर मुस्लिमप्रति चीनले अत्याचार गरेको भन्दै आवाज उठाएपछि बेलायतका सात सांसदलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको थियो ।

आफ्ना सांसदमाथि प्रतिबन्ध लगाएको भन्दै हाउस अफ कमनका प्रमुख लिन्जी होयलले चिनियाँ प्रतिनिमण्डललाई वेस्टमिनस्टर हलसम्मको पहुँच दिन अस्वीकार गरेको हो ।

पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका निम्ति चीनका राष्ट्रपति सी चिनफिङलाई समेत आमन्त्रण गर्ने तयारीको विरोध समेत भएको थियो । एलिजावेथ द्वितीयप्रति श्रद्धाञ्जली अपर्ण गर्न चीनका तर्फबाट उपराष्ट्रपति वाङ चिसान उपस्थित हुन सक्ने बीबीसीले जनाएको छ ।

एलिजावेथ द्वितीयको अन्त्येष्टि सोमबार गरिनेछ। त्यसअघि विश्वभरबाट उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अपर्णका निम्ति राष्ट्रप्रमुख तथा राष्ट्रका प्रतिनिधि पुग्ने क्रम जारी छ ।

प्रतिक्रिया