भोलिदेखि हामी संसदमा उपस्थित हुनेछैनौं : अध्यक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ भाद्र

काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कार गर्ने बताएका छन् ।

एमाले संसदीय दलको बैठकमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा चमत्कारिक हाँसिल गर्न सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्ने बताए ।

उनले भने, ‘मंसिर ४ मा आम निर्वाचन हुँदैछ । यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ । जो–जसले, जे जिम्मेवारी पाइन्छ, त्यो जिम्मेवारी पुरा गर्न देश र जनतालाई शिरमा राखेर अघि बढ्नुपर्छ ।’

अध्यक्ष ओलीले सानदार रुपमा आफ्नो कार्यकाल पुरा भएको पनि बताए । ओलीले सांसदहरुलाई चाडपर्वको शुभकामना दिँदै भने, ‘हामीले सानदार रुपमा आफ्नो कार्यकाल पुरा गरेका छौ । सवै माननीयहरूलाई हार्दिक बधाई, दशै लगायत सबै चाडपर्वको शुभकामना । भोलिदेखि कुनैपनि हिसाबले संसद राख्न खोज्नु तमासा मात्र हो । भोलिबाट हामी प्रचलन अनुसार नै संसदमा उपस्थित हुने छैनौं ।’

प्रतिक्रिया