डेंगूको विमारी हुनुहुन्छ ? ‘आवश्यक परे १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिनुस्’
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ भाद्र

काठमाडौं, ३१ भदौं । के तपाइँ डेंगूको विमारी हुनुहुन्छ ? यदि हुनुहुन्छ र एम्बुलेन्सको आवश्यक परेमा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुनेछ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले डेंगूका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने बताएका छन् ।

उनका अनसरा महानगरबासीलाई महानगरले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो । मेयर साहले डेंगू संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीसँग परामर्श गर्न सकिने पनि बताएका छन् ।

साथै महानगरले डेंगूको रोकथाम र नियन्त्रणमा टोल–टोल वा सामुदायिकरूपमा नै सक्रिय भएर लाग्न पनि उनले आग्रह गरेका छन् । डेंगू समुदायमा फैलिएकाले त्यसको रोकथाम र नियन्त्रणका लागि सचेतना तथा क्रियाशीलताको आवश्यकता रहेको उनको भनाइ छ । उनले डेंगू रोकथामका लागि महानगरले थप कार्यक्रम पनि विस्तार गर्दै स्रोत र जनशक्तिको प्रयोग गर्दै जाने बताएका छन् ।

काठमाडौंलगायतका देशका विभिन्न जिल्लामा पछिल्लो समय डेंगूका बिरामी बढेका छन् भने अस्पतालहरूमा डेंगूका बिरामी आउनेक्रम बढ्दो रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया