चार पाङ्ग्रे सवारी खरिद गर्दा प्यान नम्बर अनिवार्य
अखबार टुडे
प्रकाशित:
२०७९, ३० भाद्र

काठमाडौं, ३० भदौ । चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र बिक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री बिजकमा उल्लेख गर्नुपर्ने भएको हो ।

प्यान नम्बर अनिवार्य लागू गर्ने क्रममा यो नियम कार्यान्वयनमा ल्याएको विभागले जनाएको छ ।

चालु आवको बजेटमा उल्लेख भए अनुसार पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने नियम समेत कार्यान्वयन गर्न विभागले सूचित गरेको छ ।

चालु आवको बजेटको ३९१ नम्बर बुँदाले यस्तो प्रावधान गरेको छ । पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया