काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु
प्रकाशित:
२०७९, ३० भाद्र

काठमाडौं, ३० भदौ । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
आज बिहान ३ बजे घरमाथिबाट आएको पहिरोले स्थानीय लालजुङ तामाङकोघर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृत्यु हुनेमा ६५ वर्षीया तामाङसहित उनका छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया छोरी सावित्री छन् ।
राति सुतिरेहका बेला पहिरो खसेपछि घरसँगै पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार