दशैं-तिहार का लागि साट्न थालियो नयाँ नोट
अखबार टुडे
प्रकाशित:
२०७९, २९ भाद्र

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठ पर्वका लागि सर्वसाधरणलाई आज (मंगलबार) देखि नयाँ नोट दिन थालेको छ ।

केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थालिए पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिए ।

मुद्रा व्यवस्थापन विभागलका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक÷एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।

नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने छ । अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट पाएका थिए ।

प्रतिक्रिया