निलम्बित प्रधानन्यायाधीशलाई सोधियो ४३ प्रश्न
अखबार टुडे
प्रकाशित:
२०७९, २८ भाद्र

काठमाडौं, २८ भदौ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सकाएको छ ।

समितिले मंगलबार जबरालाई बाँकी रहेका ८ वटा प्रश्न सोधेर बयान सकाएको हो ।

यसअघि समितिले जबरासँग ३५ वटा प्रश्नको बयान लिएको थियो । समितिले जम्मा ४३ वटा प्रश्न सोधेको छ । अब जबरासँग प्रतिप्रश्न सोध्न बाँकी रहेको समितिले जनाएको छ । प्रतिप्रश्नका लागि बुधबार वा बिहीबार बोलाउने तयारी रहेको समिति सदस्य रेखा शर्माले जानकारी दिइन् ।

बयानका क्रममा आफ्नो बचाउ गर्दै जबराले अरू विभिन्न व्याक्तिहरुलाई विभिन्न आक्षेप लगाएका छन् । बयानका क्रममा जबराले आफू निर्दोष रहेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूमाथि गम्भीर आरोप लगाएका छन् ।

समितिले जबराले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिने तयारी गरेको छ । समितिले ती व्यक्तिसँग पनि छलफल गरेपछि प्रतिवेदन तयार पारिने जानकारी दिए ।

प्रतिक्रिया