राणाले नाम लिएकासँग पनि महाअभियोग समितिले बयान लिने
अखबार टुडे
प्रकाशित:
२०७९, २८ भाद्र

काठमाडौं, २८ भदौ । महाभियोग सिफारिस समितिले सर्वेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले बयानका क्रममा नाम लिएकाहरुसँग पनि बयान लिने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले नेपाल बार एशोसियनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय गरेको हो ।

समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बुधबार उनीहरुलाई बयानमा बोलाउने तयारी छ । तर कस–कसलाई बेलाउने भन्ने नाम तय भइनसकेको समितिका अर्का सदस्य मीन विश्वकर्माले बताए ।

जबराले बयानका क्रममा सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई विभिन्न आरोप लगाएका थिए ।

प्रतिक्रिया