उपत्यकाको सवारी आवागमन दिनभरजसो प्रभावित हुने, यी स्थानमा हुँदैछ ट्राफिक जाम
अखबार टुडे
प्रकाशित:
२०७९, २८ भाद्र

काठमाडौं, २८ भदौ । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।

आज राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिए ।

कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ ।

कार्यालयका अनुसार बिहान पौने ९ बजे यता रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको छ ।

यस्तै बिहान साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल र रविभवनसम्म गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यसैगरी दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने भएको छ ।

दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि गाडीको आवागमन प्रभावित हुनेछ । यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया