नेपालले पाकिस्तानलाई २ करोडको राहत सामग्री दिने
अखबार टुडे
प्रकाशित:
२०७९, २७ भाद्र

काठमाडौं, भदौ २७ । नेपालले पाकिस्तानलाई राहत सामग्री दिने भएको छ ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै बाढीको चपेटामा परेको पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिन लागेको जानकारी दिएको हो ।

पाकिस्तानमा बाढीका कारण गत जुनयता झन्डै एक हजार मानिसको मृत्यु भएको छ । देशभर बाढीले विध्वंश मच्चाएको पाकिस्तानको सिन्ध, बलुचस्तान, खैबर पख्तुनख्वाहमा सबैभन्दा धेरै असर परेको छ ।

प्रधानमन्त्री सहबाज सरिफले प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि नेपाली २२ अर्ब रुपैयाँ बजेट छुट्याएको घोषणा गरेका छन् भने अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया