रुक्सना लिम्बूको अर्को धमकेदार गीत ‘यरिक यरिक नोगेन’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २७ भाद्र

काठमाडौं, २७ भदौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स नेपाल’का फाइनालिस्ट अहिले चर्चित बालगायिका रुक्सना लिम्बूको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

रुक्सनाको ‘यरिक यरिक नोगेन’ बोलको गीतको भिडियोलाई आइतबार काठमाडौंको रातोपुलस्थित रक हाउस क्याफेमा एक भव्य समारोहबीच सार्वजनिक गरिएको हो ।

रुक्सनाको ‘यरिक यरिक नोगेन’लाई कार्यक्रमका प्रमुख अतिथि मेगास्टार राजेशपायल राईले सार्वजनिक गरेका थिए । सार्वजनिक गीतमा शब्द तथा संगीत चर्चित संगीतकार महेश खड्काको रहेको छ ।

सैलेन्द्र नाल्बोको निर्माण रहेको उक्त भिडियोलाई मिनाक्षी कोइरालाले निर्देशन गरेकी हुन् । भिडियोमा प्रशान्त मगरको कोरियोग्रफ, अर्जुन तिवारीको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

यसअघि पनि गायिका रुक्सनाले महेश खड्काको संगीतमा ‘नोगेन’ बोलको गीत गाएकी छन् । उक्त गीतले चर्चा बटुलेसँगै महेशकै शब्द तथा संगीतमा ‘यरिक यरिक नोगेन’ गाएकी हुन् ।

पछिल्लो समय रुक्सना स्टेज कार्यक्रमहरुमा समेत छिन् । उनले छोटो समयमै दर्जनौँ गीत गाइसकेकी छन् । हालसम्म आएका उनका गीतहरु श्रोता दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया