पूरा बाउला भएको पोशाक अनिवार्य लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७९, २७ भाद्र

काठामडौं, २७ भादै । डेंगीको संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

सातै प्रदेशमा डेंगीको प्रकोप फैलिएको कारण सतर्कता अपनाउनुपर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

डा. अधिकारीले भने, ‘डेंगी रोग लाग्न नदिने सबैभन्दा उत्तम उपाय भनेको लामुखट्टेको टोकाइबाट जोगिनु हो । कार्यालय समयमा पूरा बाउला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीमा अनुरोध छ ।’

७५ जिल्लाका २ हजार २ सय ३७ जनामा डेंगी पुष्टि भएको छ । प्रायः दिनको समयमा अझ बिहान र साँझको समयमा सक्रिय हुने एडिज जातको लामखुट्टेले टोक्दा डेंगी हुने उनले बताए । डेंगीबाट जोगिन कार्यस्थल वरिपरि सफा राख्नुपर्नेमा स्वास्थ्य मन्त्रालयको जोड छ ।

प्रतिक्रिया