कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप, ३ जना घाइते
प्रकाशित:
२०७९, २७ भाद्र

काठमाडौं, २७ भदौ । कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप हुँदा ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा २ जना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार छन् । कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटरव्याज पीडितलाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको हो ।
प्रहरीका अनुसार प्रदर्शनमा सहभागी ५०–६० जना सबैलाई नियन्त्रणमा लिइएको छ ।भीआइपी सवारीका कारण उनीहरुलाई माइतीघर आउन रोकिएको रिजालले जानकारी दिए । पैदल हिँडेर कीर्तिपुरको आयुर्वेद अध्ययन संस्थान आइपुगेका मिटरब्याज पीडितलाई प्रहरीले रोकेपछि झडप भएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु सोमबार काठमाडौं आउँदैछन् । उनको भ्रमणअघि उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
